The news from New Generation with new vision.

ज्ञानेन्द्र शाही कुटिएको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडाैं । ज्ञानेन्द्र शाही प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले प्रेस नोट जारी गरेको छ।

घटनाका बारेमा कुनै जाहेरी प्राप्त नभएपनि अनुसन्धान टोली बनाई सत्यतथ्य छानविनका लागी सक्रिय रहेको प्रहरीले जनाएको छ।

प्रहरीले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै

मिति २०७६/०६/११ गते दिउँसो अं. १५:०० बजे जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. १० चौबिस कोठी नजिक रहेको होटल ग्लोबल प्रा.लि. को परिसरमा जिल्ला जुम्ला पिजी घर भई हाल काठमाडौ बानेश्वर बस्ने वर्ष २९ का ज्ञानेन्द्र शाही भन्ने ज्ञान बहादुर शाही समेत माथि भएको घटना सम्बन्धमा प्रहरीको छवि धुमिल बनाउने उद्देश्यले सामाजिक सञ्जालमा आएका पुर्वाग्रहीपूर्ण सामाग्रीहरु प्रति यस जिल्ला प्रहरी कार्यालय चितवनको गम्भिर ध्यानाकर्षण भएको छ, उक्त दिन निज ज्ञानेन्द्र शाही भन्ने ज्ञान बहादुर शाही होटल ग्लोबलमा रहेको भन्ने पूर्व सूचना प्रहरीलाई नरहेको, उल्लेखित घटना सम्बन्धमा घटनाको खबर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा प्रहरी टोली पुगी घाईतेहरुको उद्दार गरी उपचारको लागि चितवन मेडिकल कलेज पठाईएको, प्रहरी टोली घटनास्थलमा पुग्नु अगावै घटनामा संलग्न मानिसहरु भागी फरार रहेका, घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास कार्य भईरहेको, हाल सम्म उक्त घटना सम्बन्धमा सम्बद्ध पक्षबाट जाहेरी प्राप्त नभएको, जाहेरी प्राप्त नभएता पनि घटनाको सत्यतथ्य छानविनका लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट अनुसन्धान टोली बनाई घटना सम्बन्धमा गम्भिरता पूर्वक अनुसन्धान भईरहेको व्यहोरा सम्बद्ध सबैमा जानकारी गराईन्छ ।

यो पनि पढ्नुहोस् :   फिनल्याण्डकी ३४ वर्षीया सान्ना विश्वकै कान्छी प्रधानमन्त्री
सम्बन्धित पाेष्टहरु