The news from New Generation with new vision.

स्याङ्जामा दशैंको चहलपहल, किराना पसलदेखि बैंकसम्म लाइन

कुमार बाबु हिताँगा /स्याङ्जा । हिन्दुहरुको महान चार्ड बडा दशैं नजिकिदै गर्दा स्याङ्जाका बजारहरमा चहलपहल बढेको छ ।

स्याङ्जा सदरमुकाम पुतलीबजार र स्याङ्जाका मुख्य बजारहरु वालिङ्ग, गल्याङ, बयरघारी, नागडाडा लगाएतका बजारहरुमा स्थानीयहरु किनमेलको लागि बजार आउदाँ चहलपहल बढेको हो । विभिन्न वैक तथा वित्तिय संस्थाका शाखाहरुमा खुद्रा पैशा साट्नेको पनि अत्याधिक चाप बढेको छ । बैकमा खुद्रा पैशा कम आएको र खुद्रा पैशा साट्नेको भिड लागेको मुक्तिनाथ विकास वैक स्याङ्जाका शाखा प्रवन्धक नविन काफ्लेले बताए । उनले भने “सामाजिक सुरक्षा भत्ताको काम पनि यहि समयमा आएको छ त्यसैले चाप अत्याधिक भएको हो ।” दशै तिहार नजिक आएसंगै यहाँक स्थानीय बजारमा किनमेल गर्नेको भिड लागेको छ । अहिले सबैभन्दा बढी लुगा ,कपडा, र खाद्यन्नको सामान बिक्री हुने गरेको ब्यापारीले बताएका छन् ।

दशै तिहारमा नयाँ लुगा लगाउने मिठो खाने प्रचलन अनुसार बजारमा किनमेल गर्नेको भिड लागेको मुस्याचौरका एक व्यपारीले बताए । दशैमा सबै परिवार जम्मा भएर रमाइलो गर्ने मिठो मसिनो खाने गर्दछन् । पहिले फाट्टफुट्ट ग्राहक आउने गरेको भएपनि दशै सुरु भएदेखि बजारमा किनमेल गर्नेको भिड लाग्ने गरेको व्यापारीको भनाई छ ।

दशैं तिहार जस्ता चाडपर्व नजिक आएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाएको जनाएको छ । प्रहरी बिशेष सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्था कडा बनाएको स्याङ्जाका प्रहरी प्रवक्ता नविन कृष्ण भण्डारीले जानकारी दिए । स्याङजा सदरमुकामबाट बाहिरीने सवारी साधनमा भिड भएकोले घन्टौ कुर्नु परेको सर्वसाधारणले गुनासो गरे ।

यो पनि पढ्नुहोस् :   चुनावको ऋण तिर्न मलेसिया गएका बझाङका कांग्रेस नेता बाकसमा फर्किए
सम्बन्धित पाेष्टहरु