The news from New Generation with new vision.

दशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिदैँ

काठमाडौं । बडादशैंको पाँचौ दिन आज देवीको पाँंचौं रुप स्कन्दमाताको पूजाआराधना हुँदैछ ।

भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ।

यी देवी मानसगद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ । नवरात्रका अन्य दिन झैं देवी भक्तिका लागि आज भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित भइरहेका छन्।

यो पनि पढ्नुहोस् :   कोरोना बिरुद्ध चालिएका कदमहरु सफल भएका छन् : प्रधानमन्त्री
सम्बन्धित पाेष्टहरु