The news from New Generation with new vision.

आज बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । अघिल्लो सातादेखि लगातार ओरालो लागेको सुनको भाउ आज (बुधबार) भने ह्वात्त बढेको छ। हिजो मंगलबार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज पुनः प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ६९ हजार ८ सय तथा तेजावी सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहिबार ८ सय, शुक्रबार २ सय, आइतबार ६ सय, सोमबार २ सय तथा मंगलबार सुन ८ सय रुपैयाँ घटेको थियो ।

मंगलबार छापावाल सुन प्रतितोला ६९ हजार २ सय तथा तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   घट्यो आज सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?
सम्बन्धित पाेष्टहरु