काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले जिम्बाब्वेसँग दोस्रो हार व्यहारेको छ। मंगलबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हराएको हो।
सिंगापुरमा जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । विनोद भण्डारीले व्यक्तिगत ३३ र आरिफ शेखले २५ रन बनाए पनि नेपाली व्याट्सयानहरुले ठूलो साझेदारी हुन सकेन।
नेपालको सुरुवात राम्रो रहेन । इशान पाण्डेको स्थानमा टिममा आएका पवन शरार्फले खाता नै खोल्न सकेनन्। उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि मात्र चार रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ५ रन थियो।
पारस खड्का पनि १२ रनमा आउट भए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाइरहृयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन बनाएको थियो।
जिम्बाब्वेको पनि सुरूवात राम्रो थिएन। खाता नै खोल्न नपाउँदै पहिलो विकेटको रुपमा ब्रियन चारीलाई गुमाएको थियो। टिमको स्कोर ३० रन हुँदा रेगिस चकक्भा पभेलियन फर्किँएपछि जिम्बाब्वे दबाबमा आएको थियो तर कप्तान सेन विलियम्सले पारी सम्हाले। उनले विष्फोटक ब्याटिङ गर्दै चार चौका र तीन छक्का प्रहार गर्दै ३५ बलमा ५३ रन बनाए। त्यस्तै, रियन बरलले अविजित २७, पिटर मोर २१ र टिनोटेन्डा मुटम्बोद्जीले २० रन बनाए।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए। सोमपालले चार ओभर बलिङ गर्दै १५ रन खर्चिएर दुई विकेट लिए। सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर दुई विकेट लिए। कप्तान पारस खड्का र अविनाश बोहराको नाममा समान १-१ विकेट रह्यो।