The news from New Generation with new vision.

तरकारी बोकेको गाडी दुर्घटना : एकको मृत्यु, ६ घाइते

दाङ । सल्यानको कपुरकोटमा तरकारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

किमिचौरबाट कपुरकोट बजारमा शुक्रबार लाग्ने हाटबजारका लागि तरकारी लिएर आउँदै गरेको लु १ च ४१५३ नम्बरको पिकप राति १२:४५ बजे दुर्घटना भएको सल्यान प्रहरी प्रमुख ढ्केन्द्र खतिवडाले जानकारी दिए।

दुर्घटनामा स्थानीय ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको खतिवडाले बताए। दुर्घटनामा घाइते भएका ६ जनाको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। गाडी सडकबाट २५ मिटर तल खसेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु