The news from New Generation with new vision.

कावासोतिमा बलात्कृत १५ वर्षीया बालिका गर्भवती, ६५ वर्षीय आरोपित पक्राउ

नवलपुर । नवलपुरको कावसोति नगरपालिका वडा नम्बर १३ गैरीमा ६५ वर्षीय बृद्धले बलात्कार गरी बालिकालाई गर्भवती बनाएका छन्।

कावासोतिको गैरीमा आफन्तकोमा बस्दै आएका चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ घर भएका ६५ वर्षीय टेक बहादुर घलेले बलात्कार गरेको खुलासा भएको हो।

स्थानीय १५ वर्षीया बालिकालाइ पटक पटक बलात्कार गरी गर्भवती भएपछि घटनाबारे खुल्न आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिएका छन्।

स्वास्थ्य परीक्षणको क्रममा बालिकाको गर्भमा ७ महिनाको गर्भ रहेको र हाल घलेलाइ नवलपुर प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान प्रकृया जारी रहेको प्रहरी निरीक्षक अधिकारीले बताए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   जर्मनी नागरिक पोखरामा मृत फेला
सम्बन्धित पाेष्टहरु