एजेन्सी । बलिउड अभिनेता सलमान खानले मार्ने धम्की पाएका छन्। धम्कीको खबर फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका छन्।
यसअघि अपराधी नाइके लरेन्स बिश्नोईले पनि सलमान खानलाई ज्यान मार्ने धम्की दिएका थिए । धम्कीका कारण खानलाई पञ्जावको अदालतमा र बाटोमा पनि सुरक्षा दिइएको थियो थियो । आगामी डिसेम्बर २७मा सलमान खानलाई जिल्ला जोधपुर न्यायालयमा पेश हुनुपर्ने समय दिइएको छ।
सीजेएम ग्रामिण अदालतले खानलाई पाचँ वर्षको जेल सजाय सुनाएपछि उनले अपिल गरेका थिए । सोही अपिलमा आगामी सेप्टेम्बर २७ मा सुनुवाई हुन लागेको हो।
सलमान खानलाई मार्ने धम्की दिने पञ्जाब विश्वविद्यालयका युवकले फेसबुकमा लेखेका छन् ,‘सलमान खान तिमी भारतको कानुनबाट त बच्लाउ तर बिश्नोई समाज र सोपु पार्टीको कानुनले तिमीलाई सजाय सुनाइसकेको छ । सोपूको अदालतमा तिमी दोषी छौ सलमान।’