The news from New Generation with new vision.

भाइरल बालिका साईलीन श्रेष्ठ र भद्रगोलका बलेको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

नेपाली पार्श्व गायनकी अत्यतै लोकप्रिय गायिका देविका बन्दनाको नयाँ गीत “आँखी झ्यालैमा”को म्युजिक भिडियो सार्वजनिक भएको छ।

ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गायक राजेश मर्हजनको पनि स्वर रहेको छ। गीतमा शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ भने राजन इशानको एरेन्ज रहेको छ। भिडियोमा सागर लम्साल ‘बले’, राशी क्षेत्री, र भाइरल बालिका साईलीन श्रेष्ठको नृत्य तथा अभिनय रहेको छ।

टेकेन्द्र शाहको निर्देशन एबम सम्पादन रहेको भिडियोमा राजकुमार केसीको छायांकन, सन्तोष राजबाहकको कोरियोग्राफीमा रहेको छ। त्यस्तै उक्त गीतको भिडियोलाई निर्देशक टेकेन्द्र शाहले नैगरेका छन् । भिडियोलाई देविका बन्दनाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरीएको हो।

यो पनि पढ्नुहोस् :   शनिबार, यी राशिका लागि छ फलीफाप, तपाईको राशि कुन ?
सम्बन्धित पाेष्टहरु