The news from New Generation with new vision.

मजदुरी गर्न भारत गएका एक नेपाली युवाको डेंगु लागेर मृत्यु

सल्यान । मजदुरीका लागि भारत गएका सल्यानका एक युवकको डेंगु रोगका कारण मृत्यु भएको छ।

भारतको राजकोटमा मजदुरका लागि पुगेका बनगाड कुपिण्डे नगरपालिका – ७ सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीको मृत्यु भएको हो।

डेंगु संक्रमित भएपछि उनको भारतको राजकोट अस्पतालमा २ हप्ता देखि उपचार भैरहेको थियो । ५ महिना अघि मजदुरीको लागि उनि भारतको राजकोट पुगेको पारिवारिक श्रोतले जनाएको छ।

त्यहाँ उनले होटलमा काम गर्थे । उपचारकै क्रममा गएराती मृत्यु भएको उनका आफन्त खुमबहादुर सार्कीले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   एनआरएनएको अध्यक्षमा पन्त विजयी, कुन उम्मेद्वारले कति मत ?
सम्बन्धित पाेष्टहरु