The news from New Generation with new vision.

सल्यान : विप्लव नेकपाको विद्यार्थी संगठनद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

सल्यान । सल्यानमा विप्लव नेकपाको विद्यार्थी संगठनले निशुल्क स्वास्थ शिविर सम्पन्न गरेको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्पेमा शुक्रबार शिविरको आयोजना गरिएको थियो।

शिविरमा १ सय २० जनाले स्वास्थ्य चेकजाँच गरेको उक्त अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानका संयोजक कुसलले बताए। स्वास्थ्य चेकजाँच गराउनेमा अधिकांसलाई भाइरल ज्वोरो भएको र उनिहरुलाई औँषधि वितरण गरिएको उनले बताए।

स्वस्थ शिविरमा ५ जना गम्भीर खालका बिरामी देखिएको र उनीहरुलाई थप उपचार गर्न अस्पताल जान सुझाव दिईएको छ। स्वस्थ्य चेकजाँचमा ३ जना डाक्टर सहभागी थिए भने जाँच गराउने सबैलाई ज्वोरो, रुघाखोकी, डेंगोबाट बन्चको लागि सल्लाह शुझाव दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु