The news from New Generation with new vision.

पोखरामा व्यापाक भएको सेतो पुतलीको झुसका कारण लाग्ने सपु रोग केहो ? (भिडियो)

पोखरा । सेतो पुतलीको झुसका कारण लाग्ने सपु रोग पछिल्लो समय गण्डकी प्रदेशमा सबैभन्दा धेरै देखिएका छन् । बिहीबारसम्म मात्रै हिमालय आँखा अस्पतालमा यही समस्या लिएर ६ जना बिरामी पुगेका छन्।

गण्डकीमा पनि कास्की जिल्लालाई यो रोगको धेरै जोखिममा रहेको हिमालय आँखा अस्पतालका डाक्टर इन्द्रमान महर्जनले बताए । उनले अस्पतालको सम्पर्कमा आएका ३५ पीडितमध्ये कास्कीका मात्रै ३० जना बिरामी रहेको बताए।

‘पछिल्लो पटक सन् २०१७ मा देखिएको थियो । त्यसको २ वर्षपछि फेरि यो वर्ष देखिएको छ,’ डा महर्जनले भने ‘यो रोग प्रत्यके २÷२ वर्षमा देखिँदै आएको छ । बुधबारमात्रै एकैदिनमा ४ जना बिरामी भर्ना भएका छन्।’ यस वर्ष भदौ १६ गतेभन्दा अघि १ जना र त्यसपछि ५ जना अस्पतालको सम्पर्कमा आएको उनले बताए। धेरै कारणले आँखामा समस्या आउन सक्छ।

तर त्यो शापुुकै कारण हो भनेर कसरी छुट्याउने त रु आँखाको नानीमा सेतो दाग देखिन थाल्छ, उज्यालोमा हेर्न गाह्रो हुन्छ र कम समयमै आँखाको ज्योति कमजोर हुँदै जाने शापुुको लक्षण हो।’ पूरा जानकारी भिडियोमा हेर्नुहोस् :

सम्बन्धित पाेष्टहरु