The news from New Generation with new vision.

ट्याक्सी चालकको बाँसुरी मोह, यस्तो मिठो बाँसुरी बजाउने ट्याक्सी ड्राईभर (भिडियो)

कलंकी । कलंकीको हल्ला खल्लामा बेपर्वाह बाँसुरी बजिरहेको थियो । ट्याक्सी चालकहरु बाँसुरी बजाउनेको वरिपरी झुम्मीएका थिए । व्यस्त सडक छेउमा सुनिएको मधुरो धुनले हाम्रो पनि मन तान्यो। उनीसँग परिचय भयो।

रहेछन्, नुवाकोटका निश्चल भुजेल । केही सातापछि शंखमुलको पुलमुनी भेटेर उनले बाँसुरी मोहको कहानी सुनाए। ट्याक्सी चालकमाझ ‘बाँसुरी’ उपनामले नै परिचित छन्, निश्चल। फुर्सद हुने बित्तिकै बाँसुरीको धुनमा विभिन्न गित सुन्ने फर्माइसको ओहिरो लाग्छन् । जानेको कला देखाउन उनी पछि पर्दैनन्।

तर, संगीतमै भविष्य बनाउन उनी बाँसुरीको औपचारिक ज्ञान पनि सिक्दैछन् । एसएलसी सकेर कलेज पढ्ने सपना बोकेर काठमाडौं भित्रिए । तर, सोचेजस्तो सजिलो थिएन, राजधानी शहर । उनले केही समय ज्यामी काम गरे । गिट्टी बालुवा बोक्ने गाडिको सहचालक बने । काठमाडौं छिरेको दुई वर्षमा प्लस टु पास गर्न त त्यस्तै हो गाडि हाँक्न भने पर्फेक्ट भए।

उनको दुई ब्याच पछिका भाईहरुसँग एक दिन भेट भयो । त्यो भेटले उनलाई काठमाडौं छिर्नुको उद्देश्य सम्झाईदियो । तर, विभिन्न परिबन्धले उनको पढाईलाई अघि बढाउन दिएन । बाल्यकालमा उनी पढ्न भन्दा बाँसुरी बजाउनै बढी रुचाउँथे । कक्षा ५ मा फेल भएपछि भने उनले इख लिएर पढे । त्यसपछि भने कक्षा १० सम्म नै उनी दोश्रो भए ।

निश्चलसहित परिवारमा आठ दाजुभाई छन् । उच्च शिक्षाको सर्टिफिकेटको सट्टा उनको हातमा सवारी हाँक्ने सिप बढ्यो । बिस्तारै पढाई भन्दा पैसातर्फ ध्यान केन्द्रित हुन थाल्यो । तर, उनी एउटा दुर्घटना परे । त्यो दुर्घटना पछि मात्र उनले ट्याक्सी चलाउन सुरु गरेका हुन् । यो पेशा अहिले उनलाई ठिक लाग्न छाडेको छ । कारण, मान्छे तान्न जानु पर्ने बाध्यता । उनी भन्छन्, ट्याक्सीमा भविष्य देख्न छाडेँ, संगीत सिक्ने र त्यसमै भविष्य खोज्ने अर्को प्रयासमा जुटेको छु।

यो पनि पढ्नुहोस् :   काँग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा 

सम्बन्धित पाेष्टहरु