The news from New Generation with new vision.

काठमाडौंको बुढानीलकण्ठमा ट्याक्सी चालक लुटिए

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकैबाट आइतबार विहान एक ट्याक्सी चालक लुटिएका छन्।

काठमाडौं महाँकाल बस्ने ओखलढुङ्गाका बा.१ ज. ९०४१ नम्बरका ट्याक्सी चालक ३८ वर्षीय पूर्ण बहादुर तामाङको साथबाट नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल लुटपाट भएको प्रहरीले जनाएको छ।

सामाखुसीबाट ट्याक्सी चढेका ३ जना अपरिचित व्यक्तिहरुले गाम्चापुल नजिकै पुगेपछि तामाङलाई कुटपिट गरी उनको ट्याक्सी नै लिएर फरार भएका थिए।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले तामाङको ट्याक्सी सामाखुशीमा फेला पारेको जनाएको छ। लुटपाटमा संलग्न समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   एमबीबीएस अध्ययनको शूल्क बढ्यो
सम्बन्धित पाेष्टहरु