The news from New Generation with new vision.

साँझ भएसँगै टिपरको कब्जामा काठमाडौँ

काठमाडौँ । भदौ ८ गते रातको १० बज्दै थियो, सडकमा त्यति चाप थिएन। पुछाङ भोटे अफिसको काम सकेर तीनकुनेबाट बा३८प २३९३ नम्बरको बाइकमा बिस्तारै जोरपाटीतिर लागे। तर उनको यात्रा बीचमै टुंगियो। सडक कब्जा गरेर अन्धाधुन्ध हुइँकिएको टिपरको निर्मम सिकार बने उनी।

तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुछाङ पनि घटनास्थलबाट जिउँदो उठ्न सकेनन्। अन्य दुईवटा मोटरसाइकलमा सवार चार जनासमेत गम्भीर घाइते भए।

‘टिपरले मोटरसाइकललाई कुल्चिनेबित्तिकै सडकका अन्य सवारी अनियन्त्रित भए र अरू दुइटा मोटरसाइकल पनि त्यहाँ आएर ठोक्किए’, महानगरीय ट्राफिक प्रहरीका एसपी रविकुमार पौडेलले भने, ‘टिपर अग्लो हुने भएकाले पछिल्लोपटक ठोकिएका मोटरसाइकल पनि सजिलैसँग चक्काको भित्र परे।’

मोटरसाइकलमा चढेका अर्का एकजना त टिपरको ठक्करबाट उछिट्टिएर सडकपारि टिनको बारबाहिरै पुगे। दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तजनले दोषीमाथि कारबाही माग गर्दै महानगरीय प्रहरी वृत्त गौशालामा नाराबाजी गरे।

टिपर चालकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, चालकको लाइसेन्स खारेज हुनुपर्ने, निष्पक्ष अनुसन्धान हुनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग उनीहरूको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   ट्याक्सी चालकको बाँसुरी मोह, यस्तो मिठो बाँसुरी बजाउने ट्याक्सी ड्राईभर (भिडियो)
सम्बन्धित पाेष्टहरु