The news from New Generation with new vision.

त्रिभुवन विमानस्थलबाट अपहरणमा परेकी महिलाको सकुशल उद्धार

काठमाडौँ । काठमाडौँबाट अपहरणमा परेका व्यक्तिलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पोखराकी एल्ली गुरुङलाई बिहीबार अपहरण गरी दुई लाख ५० हजार रुपैयाँ फिरौती रकम माग गर्ने चार जनालाई राति नै पक्राउ गर्न सफल भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले बताउनुभयो।

पक्राउ पर्नेमा नुवाकोटका मिलन राई, काभ्रेका विनेश पहरी, सिन्धुपाल्चोकका दिनेश लामा र काठमाण्डौका सुशील उप्रेती छन्। उनीहरुले गुरुङलाई अपहरण गरी हङ्गेरी फुडल्याण्ड एण्ड क्याफेमा पुर्‍याएर फिरौती मागेका थिए। अपहरणको सूचना पाउनेबित्तिकै महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   अफगानिस्तानमा तालिबानको भीषण हमला, अस्पताल 'ध्वस्त'
सम्बन्धित पाेष्टहरु