जनकपुरधाम । बहुविवाह मुद्दामा अदालतबाट जेल सजाय पाएका प्रदेश २ का एक सांसदको बिषयमा अदालतले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ।
नेकपाका सांसद दिलिपकुमार साहलाई बहुविवाह मुद्दामा धनुषा जिल्ला अदालतले एक बर्षको कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। २०७२ साल जेठ १३ गते नै धनुषा जिल्ला अदालतले साहबिरुद्व यो फैसला सुनाएको थियो।
जिल्ला अदालतको यो फैसलाबिरुद्व साहले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पुनरावेदन ९अहिलेको उच्च अदालत० ले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । २०७६ साल असार २५ गते उच्च अदालतले सोही फैसलालाई सदर गरेपछि जिल्ला अदालतले यो जानकारी प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ।
जिल्ला अदालतले हालै प्रदेशसभालाई फैसलाबारे जानकारी गराएको छ। सांसद साहकी जेठी पत्नी संगीता देवी यादवको जाहेरीले जिल्ला अदालतले साहबिरुद्व यस्तो फैसला गरेको हो। साह प्रदेशसभाको निर्वाचनमा सिरहाको क्षेत्र नम्बर १ को क बाट निर्वाचित भएका हुन्।
साह तत्कालिन नेकपा माओवादीमा लागेको बखत २०५७ सालमा संगीतासँग अन्तरजातीय विवाह गरेका थिए । दिलिप र संगीताबाट दुई जना छोरा जन्मेका छन्। आफ्नो श्रीमती र दुई छोरा हुँदाहुँदै दिलिपले २०७० साल माघ १ गते धनुषाकै जानकीसँग अर्काे विवाह गरेपछि संगीताले जिल्ला अदालतमा बहुविवाह मुद्दा दर्ता गराएकी थिइन्।