The news from New Generation with new vision.

रौतहटमा पानीमा डुबेर ३ बालकको मृत्यु

रौतहट । रौतहटमा पानीमा डुबेर ३ जना बालकको मृत्यु भएको छ। माछा मार्न गएका इशनाथ नगरपालिका १ वन्जराहाका तीन बालकको शव पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बालकको नाम खुलेको छैन। घटनाबारे जानकारी पाएपछि सदरमुकाम गौरबाट प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीले जानकारी दिए।

मृत्यु हुनेमा ८ देखि १० वर्षसम्मका बालकहरु रहेका छन्। माछा मार्न गएका उनीहरु घर नफर्केपछि खोजी गर्दा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सिङ्गो परिवार छाडेर उनी एक्लै ‘विप्लव’ तिर
सम्बन्धित पाेष्टहरु