The news from New Generation with new vision.

विमानको शौचालयभित्र रहेका जोडीको सेलिब्रिटीले तस्वीर लिएपछि…

एजेन्सी । एउटा विमानमा थुप्रै महिला शौचालय जानका लागि उभिएका थिए त्यतिबेला अचानक एक जोडी बाहिर निस्किए। अमेरिकाका एक चर्चित बीच भलिबल खेलाडी स्टेफोर्ड स्लिकले घटनाको भिडियो क्यामरामा कैद गरे। सोसल मिडियामा भाइरल भएको भिडियोमा महिला र पुरुषले एकै रंगको स्वीटसर्ट लगाएको देख्न सकिन्छ।

स्टेफोर्डले घटना कुन दिन र कुन विमानको भनेर खुलाएका छैनन्। तर इन्स्टाग्राममा फोटो र भिडियो पोष्ट गर्दै पहिलो पटक उनले कुनै जोडीलाई विमानको बाथरुमबाट बाहिर आएको देखेको बताए।

३४ वर्षका भलिबल खेलाडीले लेखे, ‘थुप्रै महिला त्यतिबेला बाथरुम जानका लागि प्रतिक्षा गरिरहेका थिए। यद्यपि, बाहिर निस्किएपछि कसैले पनि उक्त जोडीलाई केही पनि भनेनन्।’

भिडियोमा विमान परिचारिकाले महिलालाई ‘तपाईं अहिलेसम्म पनि यहिँ हुनुहुन्छ ?’ भनिरहेको सुन्न सकिन्छ । महिलाले जवाफ दिन्छिन्, ‘भित्र मान्छे छ ।’ केही बेरपछि बाथरुमबाट जोडी बाहिर निस्किएको देख्न सकिन्छ। सोसल मिडियामा धेरै मानिसहरुले यो भिडियोमा कमेन्ट गरेका छन् । धेरै मानिसहरुले एकैपटक दुई व्यक्ति बाथरुममा कसरी जान सक्छन् भनेर सोधिरहेका छन्।

 

View this post on Instagram

 

Nutting at 30,000 feet just slaps different @kfcradio (Via @staffordslick)

A post shared by Barstool Sports (@barstoolsports) on

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु