The news from New Generation with new vision.

आज बुधबार, अति शुभछ यी ७ राशिको भाग्य, हेर्नुहोस् राशिफल

आज मिति २०७६ साल भदौ २५ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर ११ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। त्रयोदशी, २८ः४४ उप्रान्त चतुर्दशी तिथि । नक्षत्र– श्रवण, १५स्१७ बजेउप्रान्त धनिष्ठा। योग– अतिगण्ड, २०ः४९ बजेउप्रान्त सुकर्मा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन शुभ रहेको छ । कला साहित्य तथा मनोरञ्जनको क्षेत्रमा रुची बढ्नेछ, पारिवारिक सुख प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सानातिना काम र समस्यामै अल्झिनुपर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यवसायिक काममा राम्रै फड्को मार्न सकिन्छ भने धन लाभ हुने योग रहेको छ । मनमा शान्ति मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ कामको शुरुवात होला । धन लाभको योग रहेको छ भने रोकिएका कामहरु बन्ने योग रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अवसर आएपनि विचार गरेर मात्रै नयाँ काम सुरुवात गर्नुहोला । टाढाको यात्राको सम्भावना रहेको छ । खेलकुद क्षेत्रमा रुची बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समस्यागत कमजोरीले सताउला । मनमा निकै अशान्ति होला । घरायसी पिडाले डेरा जमाउला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामको सन्दर्भमा प्रतिद्धन्दी व्यक्तिहरुसँग मित्रता बढ्नेछ । मानसम्मानको योग रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वादिष्ट भोजको आनन्द मिल्ने योग छ । आफन्त र मित्रहरुसँग भेटघाट र रमाईलो हुने दिन छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रतिस्पर्धीहरुमाथि जित हाँसिल होला । धन लाभ होला । बौद्धिक क्षेत्रमा पहिचान मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज धैर्यधारण गरेका कामबाट भोलिका दिनमा लाभ होला । प्रेमी प्रेमीकाबीचको सम्बन्ध गाढा भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धेरै बोल्ने बानीले दुख पाईएला । दाम्पत्य जिवनमा खडपट हुने योग रहेको छ होस पुर्याउनु होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफूभन्दा ठुला मान्छेको सल्लाहमा चल्न सके निकै लाभ हुनेछ । तपाईको समर्थन गर्ने प्रशस्त छन् ।

यो पनि पढ्नुहोस् :   गृहमन्त्री बादलका भाई शरेश १ लाख धरौटीमा रिहा

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।

विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा
गणितिय युवा ज्योतिष भवेश भट्टराई
सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु