The news from New Generation with new vision.

ट्रेलरमा यस्तो देखियो प्रियंकाको “द स्काई इज पिङ्क”

फिल्म “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा अभिनेत्री प्रियंका चोपडा र अभिनेता फर्हान अख्तर मुख्य भुमिकामा रहेका छन्।

सोनाली भोस्लेको निर्देशनमा बनेको उक्त फिल्ममा पल्मोनरी फाइब्रोसिसबाट ग्रसित छोरीलाई परिवारले कसरी अगाडी लग्छ भन्ने कुरामा जोड दिई त्यही बीचको घटना क्रमलाई देखाइएको छ।

यो फिल्म प्रेरणादायक वक्ता आयशा चौधरीको वास्तविक जीवन कहानीमा आधारित छ। यो फिल्म ११ अक्टोबरमा रिलिज हुने छ।

“द स्काई इज पिङ्क”ले बलिउड फिल्म क्षेत्रमा प्रियांकाको पुनरागमनको संकेत गरेको छ। प्रियांका बलिउडमा पछिल्लो समय सन् २०१६को जय गंगाजलमा पुलिसको भुमिकामा देखा परेकी थिइन्। त्यसपछि उनी हलिउड प्रोजेक्टका फिल्महरु “बेवाच, अ किड लाइक जेक र इजन्ट इट रोमान्टिक”मा देखा परेकी हुन्।

हेर्नुहोस् ट्रेलर

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्रीलाई भेटेपछि श्वेता खड्काले लेखिन यस्तो स्टाट्स
सम्बन्धित पाेष्टहरु