The news from New Generation with new vision.

रातिको समयमा नगर्नुहोस् यी काम

शास्त्र तथा पुराणमा राति र दिनमा गर्ने फरक फरक कामको बारेमा चर्चा गरिएको छ। कतिपय काम दिनमा गरेपनि रातिको समयमा गर्न नहुने शास्त्रमा उल्लेख छ। यस्ता काम रातिमा गर्दा अशुभ हुने र घातक बन्न सक्ने समेत शास्त्रमा उल्लेख छ।

यहाँ त्यस्ता ५ कामको बारेमा चर्चा गरिएको छ जुन रातिको समयमा गर्न अनुपयुक्त मानिन्छ। शास्त्रमा यी ५ काम रातिको समयमा भुलेर पनि नगर्न भनिएको छ।

१ कपाल खुला राख्नु हुँदैन

रातिको समयमा कुनै पनि स्त्रीले आफ्नो कपाल खुला राख्नु प्रतिकुल हुने बताइएको छ। खुला कपालका कारण नकारात्मक उर्जा उत्पन्न हुने र यसले परिवार र ब्यक्तिगत जीवनमा नकारात्मक असर गर्ने हुन्छ । सुत्नु अघि कपाल बाँध्नु र ढाक्नु राम्रो मानिएको छ ।

२ चौराहामा जानु हुँदैन

रातिको समयमा चार वटा बाटोको संगम चौबाटोमा जानु नराम्रो मानिएको छ। यस्तो ठाउँमा रातिको समयमा नकारात्मक उर्जा उत्पन्न हुने भएका कारण त्याहाँ जानु खतरनाक पनि हुन सक्छ। चौवाटोमा रातिको समयमा नजानु नै राम्रो।

३ पर स्त्री र परस्त्री गमन

रातिको समयमा परस्त्री वा परपुरुष गमन नगर्नु भनिएको छ शास्त्रमा। पराइ स्त्री वा पराइ पुरुषसँग भेट्नु परे दिनको समयमा जानु राम्रो हुने र रातिको समयमा अशुभ काम हुने खतरा बढ्ने उल्लेख छ।

४ मसान घाटमा नजानुस्

बिष्णु पुराणमा रातिको समयमा भुलेर पनि मसान घाटमा जान नहुने उल्लेख छ । रातिको समयमा मसान घाटको छेउँ छाउँ समेत जानु हुँदैन। मसानघाटको वरपर नकारत्मक उर्जा जम्मा हुने भएका कारण यस्तो भनिएको हो । यसले ब्यक्तिगत जीवनमा नोकसानी पुर्‍याउन सक्छ।

५ पर्फ्युम वा बडी स्प्रे

राति सुत्नु अघि पर्फ्युम वा बडी स्प्रे लगाउनु अशुभ मानिन्छ। यसले नकारात्मक शक्ति पैदा गर्ने भएकाले राति सुत्नु अघि हात खुट्टा सफा सँग धोएर प्रार्थना गरेर सुत्नु राम्रो भनिएको छ।

यो पनि पढ्नुहोस् :   चावहिलकाे चन्द्रविनायक मन्दिरमा भगवान गणेश किन ‘बौद्ध चैत्य’ मा अडेस लागे ?
सम्बन्धित पाेष्टहरु