The news from New Generation with new vision.

आज सोमबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग
आज मिति २०७६ साल भदौ २३ गते सोमबार । सन् २०१९ सेप्टेम्बर ९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। एकादशी, २५ः५७ उप्रान्त द्वादशी तिथि।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक साधन जुटनाले प्रसन्नता मिल्नेछ। साझेदारीमा फाइदा होला। शैक्षिक क्षेत्रमा भने निकै सफलता मिल्नेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्रोतहरु पन्छाउदै नबनेका काम पनि विशेष रुपमा अघि बढालान। वैदेशिक क्षेत्रबाट भने नोक्सान हुनसक्छ। सावधान रहनुहोला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आजको दिन शुभ छ। गीत संगीतमा सहभागी हुने अवसर जुटला। पूर्व प्रेमिकासँग सम्बन्ध सुमधुर हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आर्य आर्जनका स्रोत बढ्नेछन्। व्यापारमा पनि निकै फाइदा होला। चन्द्रमा अति कमजोर हुँदा चिसोबाट भने सावधान रहनुहोला।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
लगनशीलताले कर्तिमानी दिलाउनेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। अप्रत्याशित धन लाभ होला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कामका लागि गरिएको भ्रमणअसफल हुनेछ। समस्या थपिन सक्छन्। साना तिना काम र घरेलु समस्याले सताउन सकछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरुसँग मित्रता बढ्नेछ। कला साहित्य, कनोरञ्जनमा रुची बढ्ला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अस्वस्थताका बावजुट कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय वित्न सक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यावसायमा लाग्नेहरुलाई विशेष फाइदा होला। रुचीका विषयमा लगानी बढाउने समय छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। व्यापारमा प्रसस्त फाइदा हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आश गरिएका काममा समय वित्ला। काम अनुसार उपलब्धि कम हुनाले मन खिन्न रहला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयमा होशियार बन्न नसक्दा काम विग्रने र खर्च बढ्ने छ। मेहनत अनुसार फाइदा कमै होला।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।

विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा
गणितिय युवा ज्योतिष भवेश भट्टराई
सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज संविधान दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै
सम्बन्धित पाेष्टहरु