The news from New Generation with new vision.

काठमाडौँको सुकेधारामा मोटरसाइकल आएका व्यक्ति सुनको सिक्री लुटेर फरार

काठमाडौँ । काठमाडौं महानगरपालिका-३ धापासी घर भएकी ६७ वर्षीया महिलाको २ तोलाको सुनको सिक्री लुटपाट भएको छ।

बुढानिलकण्ठ नगरपालिका-९ सुकेधारा ओम कोलोनीस्थित सडकमा हिँडीरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले उनको उक्त सिक्री लुटपाट गरी फरार भएको बताइएको छ।

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   काठमाडौँको स्वयम्भुमा बसले मोटरसाइकलाई ठक्कर दिँदा युवकको ज्यान गयो
सम्बन्धित पाेष्टहरु