The news from New Generation with new vision.

दर्शकको रोजाई बन्दै हास्य टेलिश्रृङ्खला ‘हंगामा’

काठमाडौं । नेपालका टेलिभिजनहरुमा सर्वाधिक हेरिने कार्यक्रममा पर्दछन् हास्य टेलिश्रृङ्खलाहरु । समाजमा घट्ने यथार्थ घटनाहरुलाई रोचक तथा घोचक तरिकाले हास्य किसिमबाट प्रस्तुत गरिने कार्यक्रमहरु दर्शकको रोजाईमा पर्ने गरेका छन् ।

यसरी हास्य कार्यक्रमहरु पस्कने क्रममा निकै अगाडी रहेको छ नेपालकै पहिलो टेलिभजिन नेपाल टेलिभिजन । नेपाल टेलिभिजनबाट प्रसारण हुने तितो सत्य, मेरी बास्सैं, भद्रगोल लगायतका कयौं कार्यक्रमहरु सुपरहिट भईसकेका छन् । यसरी हास्य टेलिश्रृखंलाहरु एकपछि अर्को सुपरहिट हुने क्रम वढेसँगै यस्ता किसिमका कार्यक्रमहरु थपिदै जाने क्रम पनि वढेको छ ।

यसैबीच हास्यकलाकार अरबिन्द्र भट्टराई र दिलिप पन्तको निर्देशनमा हास्य टेलिश्रृखला ‘हंगामा’ ले पनि छोटो समयमै दर्शकको राम्रो साथ पाएको छ । अतिथि मिडियाले उत्पादन गरेको नेपाल टेलिभिजनबाट हरेक बुधबार बेलुका ७ः२५ बजे प्रसारण हुने यस कार्यक्रमको ७ औं श्रृखलासम्म आइपुग्दा दर्शकको राम्रो साथ सहयोगले आफूहरुलाई औसला प्रदान गरेको निर्देशक भट्टराईले बताए ।

विभिन्न चर्चित हास्य श्रृङ्खलाहरुमा काम गरिसकेका कलाकारहरुलाई समेटेर समसामयिक विषयवस्तुलाई हास्य रुपमा ठ्ट्यौली पाराले गरिएको प्रस्तुतीले नै दर्शकको मन जित्न सफल भएको उनको भनाइ छ । दर्शक श्रोताको सल्लाह सुझाव अनुसार आगामी श्रृखंलाहरुमा कार्यक्रमलाई थप परिमार्जित गरेर अगाडी वढ्ने आफूहरुको सोच रहेको निर्माण पक्षले जनाएको छ । 

कलाकार भट्टराई र पन्तसहित लक्ष्मी गिरि, शिवहरि वैरागी, धनराम मुस्कान, मञ्जु श्रेष्ठ, अरविन्द्र भट्टराई, दिलिप पन्त, यादव थापा, अमृता श्रेष्ठ, निर्मला उप्रेती, रुपा सुनार(छुच्ची केटी), गोविन्द अर्याल, शोभाकार पौडेल लगायतका कलाकारहरुको अभियन ‘ ‘हंगामा’ देख्न पाइनेछ ।

किर्तिपुरको टौ दह आसपासका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस टेलिश्रृखंलाको पशुपति शर्माको स्वर तथा निर्देशक भट्टराई स्वयमको गीत संगीत रहेको शिर्ष गीतले समेत दर्शक श्रोतालाई लोभ्याउने अनुमान गरिएको छ ।

कार्यक्रमको पछिल्लो श्रृखंला :

यो पनि पढ्नुहोस् :   आज विश्वकर्मा पुजा, निर्माणका अधिष्ठाता विश्वकर्माको पुजा गरी मनाइँदै

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु