The news from New Generation with new vision.

दशैँ-तिहार अघि यातायात भाडा नबढ्ने

काठमाडौँ । आसन्न दशैं-तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ।

सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ।

व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो।

‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिनुभयो,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने,‘दसैं अगाडि भाडा वृद्धि हुँदैन।’ आजको कारोबार दैनिकले खबर छापेको छ।

सम्बन्धित पाेष्टहरु