The news from New Generation with new vision.

आज आइतबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग
मिति २०७६ साल भदौ २२ गते आइतबार, इस २०१९ सेप्टेम्बर ८, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, दशमी, २५ः१५ उप्रान्त एकादशी तिथि।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
गरेका काममा कम प्रतिफल मिल्नेछ। शरीरमा आलस्य र थकाम हुन सक्छ। स्वास्थ्य कमजोर हुनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यवसायमा मेहनत गरेबमोजिम लाभ मिल्नेछ। तर साथी भाइले सहयोग गर्न सक्दैनन्। आजको दिन चिन्तामै वित्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज सुरुवातको समयमा निकै राम्रो फल प्राप्त हुनेछ। आमा बाबुको सहयोगले मन चङ्गा बन्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाम्पत्य जीवनमा केही समस्या देखा पर्नेछ। धन लाभ हुने योग छ। मध्यभागको समयमा चोट पटकको भय रहला।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आजको दिन खेलकूद र संगीतमा बित्नेछ। ढिलै भएपनि सफलता मिल्नेछ। फमजन्य बस्तुबाट निकै होसियार रहनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
वैदेशिक क्षेत्र निकै लाभदायिक रहला। स्वास्थ्यमा भने समस्या देखा पर्नेछ। तर पनि साँझको समय निकै राम्रो देखिएको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अप्ठ्यारा परिस्थिती देखिएपनि केही काम बन्ने छन्। प्रयत्न गर्दा आस मारेका काम पनि बन्नेछ। प्रेम जीवन भने निकै सुमधुर रहला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
गरेका कामको राम्रै मूल्यांकन हुनेछ। आर्यआर्जनका स्रोतहरु बढ्नेछन् भने व्यापार व्यवसायमा पनि फाइदा रहला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विभिन्न सहयोग र उपहार प्राप्त होला। आय आर्जनमा भने केही समस्या देखिनेछ। दाम्पत्य जीवनमा खटपट हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। धन हानी हुने छैन्। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कामको चाप र थकाइबाट मुक्त रही विश्राम मिल्ला। परिवारजनबाट निकै राम्रो साथ र सहयोग प्राप्त होला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न सकिने छैन्। जिम्मेवारी बढ्नेजिम्मेवारी बढ्नेछ। पुरानो प्रेमीकासँग भेट होला।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।

विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा
गणितिय युवा ज्योतिष भवेश भट्टराई
सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

यो पनि पढ्नुहोस् :   नेकपा अध्यक्ष प्रचण्ड बिरामी

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु