The news from New Generation with new vision.

कास्कीमा ६ सय ४९ डेङ्गु पीडित

पोखरा । कास्कीमा डेङ्गुका बिरामी बढेका छन् । कास्कीमा बिहीबारसम्ममा ६ सय ४९ डेङ्गु रोगबाट पीडित भएका छन्। गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा दुई जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगरानीमा उपचार भइरहेको सो निर्देशनालयका चिकित्सक भोजराज गौतमले जानकारी दिए।

बिरामी क्रमिकरुपमा सुधार भइरहेको जानकारी दिँदै उनले यस प्रदेशअन्तर्गत नवलपुरमा ६७ वर्षीय एक व्यक्तिको ज्वरोले मृत्यु भएको छ । सो सम्बन्धमा अनुसन्धानका लागि टोली खटाइएको डा गौतमले बताए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २६ महत्वपूर्ण निर्णय
सम्बन्धित पाेष्टहरु