The news from New Generation with new vision.

मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्।

मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले सर्लाहीबाट काठमाडौं जादै गरेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका वडा नम्बर ६ चियानडाँडाँमा दुर्घटना भएको जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते भएका ११ मध्ये तीन जनाको मृत्यु भएको हो। एक जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको सिंहले जानकारी दिए। अन्य घाइतेहरुको सामान्य उपचारपछि डिस्चार्ज भएको पनि उनले जानकारी दिए।

दुर्घटनामा परी रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र सर्लाहीका महेन्द्र सहनीको मृत्यु भएको हो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   काठमाडौँको कपनमा हातखुट्टा बाँधेर झुण्ड्याएको अवस्थामा महिलाको शव फेला
सम्बन्धित पाेष्टहरु