The news from New Generation with new vision.

यस कारण ह्वात्त घट्यो आज सुनको मूल्य

काठमाडौँ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य आज ह्वात्तै घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। महासंघका अनुसार आज सुन तोलाको एक हजार ४ सय र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण र डलरको भाउ पनि घटेको कारण नेपालमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य ७२ हजार कायम गरिएको छ। बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला १ सयले घटेको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ। बिहीबार तेजाबी सुन प्रतितोला ७३ हजार १ सयमा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा खरीदबिक्री भएको थियो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य
सम्बन्धित पाेष्टहरु