The news from New Generation with new vision.

कपिलवस्तुको  खोलामा बेपत्ता ३ जनाको शव फेला

बुटवल । भदौं १६ गते बिहान खोलामा बगेर बेपत्ता तीनै जनाको शव कपिलवस्तु प्रहरीले फेला पारेको छ।

शुद्धोधन गाउँपालिका ६ स्थित  बेटिबेलभरिया खोला (सन्तघाट) मा भदौं १६ गते ११ बजेको समयमा नुहाउन गएका सोही स्थानकी २५ वर्षीया तरामति कोहर, १५ वर्षीया तारा कोहर र ८ वर्षीया खुश्वु कोहरको शव प्रहरीले विभिन्न स्थानबाट फेला पारेको हो।

मंगलबार बिहान इलाका प्रहरी कार्यालय पकडीबाट सई सुनिल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई जनाको शव खोलामा डुबेको अवस्थामा र ८ वर्षीया बालिका खुश्वुको शव नुहाउने स्थानबाट करिब १ किलोमिटरको दक्षिण दूरीमा पर्ने करमनी भन्ने स्थानको जामुनाको रुखको फेदमा  फेला पारेको  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु