The news from New Generation with new vision.

कसले मारेर फाले एकै पटक यतिधेरै गाई

सुर्खेत । सुर्खेतमा दर्जनौं गाई भीरबाट खसालेर मारिएका छन्। नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको हो। नेपालगंज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालेर मारिएका छन्।

नेपालगंजबाट ट्रकमा राखेर ल्याइएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार बिहीबार नेपालगंजबाट दैलेख लैजाने भनि ल्याइएका ती गाई भीरबाट खसालेर मारिएका हुन्।

रातको समयमा भीरबाट खसालिएका मध्ये डेढ सय भन्दा बढी गाई घाइते छन्। आठ वटा ट्रकमा ल्याइएका गाई भीरबाट खसालिएको र जंगलमा छाडेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

स्थानीय बासिन्दाले भीरबाट खसालेर सामूहिक गौहत्या गरिएको आरोप लगाएका छन्। ट्रकमा राखेर ल्याइएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका हुन्।

प्रहरीकाअनुसार मरेका गाईको विवरण संकलन भइरहेकाले अरु धेरै संख्यामा मरेको हुनसक्ने अनुमान गरिएको छ। यति ठूलो संख्यामा गाई कसले किन भीरबाट खसाल्यो भन्ने अनुसन्धान भइरहेको सुर्खेतका ट्राफिक प्रहरी कार्यालयका प्रमुख उदयसिंह सिंजापतिले बताए। प्रहरीका अनुसार गाई छाडेर फिर्ता भएका ट्रकलाई बबईबाट नियन्त्रणमा लिइएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
सम्बन्धित पाेष्टहरु