The news from New Generation with new vision.

अछाममा जीप दुर्घटना, दुईको मृत्यु, ५ घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। अछामको साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेको मेल्लेखगाउ पालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए।

शुक्रबार साँझ सबा ५ बजेतिर भएको दुर्घटनामा ५ जना घाइते छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   शनिबार, निकै राम्रो छ यी ९ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु