The news from New Generation with new vision.

एमाले मोडमा बस दुर्घटना हुँदा तीन जनाको मुत्यु, २९ यात्रु घाइते

सुर्खेत । जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस सुर्खेतमा दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना भएको सुर्खेत प्रहरीले जर्नाको छ। घटनामा २९ यात्रु घाइते भएका छन्।

दुर्घटनामा परेर घाइते भएका मध्ये २४ जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमामा ल्याइएको छ।

उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत अझै भइ सकेको छैन।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   विमानको बक्यौता नेपाल सरकारले तिर्ने कि पूर्वराजा ज्ञानेन्द्रले ?
सम्बन्धित पाेष्टहरु