The news from New Generation with new vision.

विष खुवाएर श्रीमानको हत्या गराउने श्रीमतीसहित ३ जनालाई जेल सजाय

काठमाडौँ । भोजपुर-श्रीमान्लाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

षडानन्द नगरपालिका-९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीया पम्फा तामाङ र सुनसरीको धरान उपमहानगरपालिका-१५ का ३५ वर्षीय पूर्णबहादुर राईलाई कारागार चलान गरिएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए।

उनीहरुले जेठ २ गते ससुराली आएका बेला विष सेवन गराई हत्या गरेको भन्दै मानबहादुरका आफन्तले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले कविता र पम्फालाई असार २० गते र पूर्णलाई साउन १२ गते पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   निर्माण व्यवसायी संघ स्याङ्जाले प्रजिअलाई बुझायो ज्ञापन पत्र, यस्ता छन् माग 
सम्बन्धित पाेष्टहरु