The news from New Generation with new vision.

सुन चाँदीको भाउमा पुन अर्को रेकर्ड, एकैदिन बढ्यो १२ सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको छ। सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउले आइतबार अर्को रेकर्ड बनाएको हो। अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर मजबुत भएकाले अन्तर्राष्ट्रिय भाउमा नै भाउ महंगो भएको हो।

यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ। चाँदी पनि आइतबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ५० रुपैयाँ पुगेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य
सम्बन्धित पाेष्टहरु