The news from New Generation with new vision.

चितवनका ईश्वर रिजालद्वारा एनआरएनए पोर्चुगलको निर्वाचनमा अध्यक्षमा उठ्ने घोषणा

लिस्बन । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष पदमा चितवनका युवा ईश्वर रिजालले उम्मेदवारी दिएका छन् ।

विगत आधादशकदेखि पोर्चुगलमा बस्दै रिजाल सामाजिक रुपमा समेत यहाँ चर्चीत छन्। आगामी २०१९ देखि २०२१ सम्मको कार्यकालको लागि यहि अगस्ट २५ तारिकमा निर्वाचन हुँदै छ।

लोकप्रिय युवा रिजाल हाल उपाध्यक्ष रहेकोमा आगामी कार्यकाल (२०१९/२०२१) का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। परिर्वतनका लागि युवा, युवामैत्री एनआरएन भन्ने चुनावी नारा दिएर उठ्न लागेको हुँ रिजालले भने समग्र नेपालीको हितका लागि नयाँ ढंगबाट काम गर्ने सोच छ।

पोर्चुगलमा रिजाल एक सफल युवा व्यवसायीका रुपमा स्थापित छन्। बाग्लुगंमा जन्मिएर चितवन घर भई हाल हाल पोर्चुगलमा बसोबास गर्दै आइरहेका रिजालको नाम पोर्चुगलमा टर्न्पोर्ट कम्पनी (युविईआर) सञ्चालन गरिरहेका छन्।

यो पनि पढ्नुहोस् :   नयाँ दिल्लीमा भिषण आगलागी, कम्तीमा ४३ जनाको मृत्यु
सम्बन्धित पाेष्टहरु