The news from New Generation with new vision.

एकदिवसीय क्रिकेट वरियतामा नेपाल घटुवा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ।

आइसिसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ। यसअघि नेपाल १५औँ स्थानमा थियो।

वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैठौँमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ।

त्यस्तै आइसिसी टी–ट्वान्टी वरियतामा भने नेपाल एघारौँ स्थानमा यथावत् रहेको छ। टी–ट्वान्टी वरियतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन्।

टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । यस्तै भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौँ, छैठौँ र सातौँ स्थानमा छन्।

 

यो पनि पढ्नुहोस् :   नेपाली पत्रकार आरती लम्साल डा.अम्वेडकर अवार्ड-२०१९ बाट सम्मानित
सम्बन्धित पाेष्टहरु