The news from New Generation with new vision.

बडिमालिका नगरपालिकाका ५ जना वडाध्यक्षले दिए सामूहिक राजीनामा

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच जना वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन्।

प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु