The news from New Generation with new vision.

खाना समयमा नदिएको भन्दै ग्राहकले लिए वेटरको ज्यान

समयमै आफ्नो खाना तयार नगरिदिएको झोकमा प्यारिस नजिकैको एक रेष्टुरेन्टमा एक जना ग्राहकले एक वेटरको गोली हानी हत्या गरेका छन्।

प्रहरीले शुक्रवार रातिको घटनामा हत्याको अनुसन्धान भइरहेको बताएको छ। गोली हान्ने ग्राहक भागेको र अहिलेसम्म पक्राउ नपरेको बताइएको छ। स्वास्थ्यकर्मीहरूले काँधमा गोली लागेका २८ वर्षीय वेटरलाई बचाउने प्रयास गरेपनि सफल भएनन्।

मृतकका सहकर्मीहरूले ती ग्राहक उनले माग गरेको खाना बनाउन लागेको समयका कारण रिसाएका थिए।हत्याले स्थानीय बासिन्दा र पसलेहरू दुःखी छन्। यो दुःखद घटना हो, एक २९ वर्षीया महिलाले फ्रान्सेली समाचार संस्थालाई बताइन्।

यो कुनै समस्या नभएको शान्त रेष्टुरेन्ट हो। यो केही महिना अगाडि खोलिएको थियो। केही स्थानीय बासिन्दाहरूले सडकमा लागु पदार्थको कारोबार बढेको कारण अपराध बढेको बताए। बीबीसीको सहयोगमा

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   अफगानिस्तानमा तालिबानको भीषण हमला, अस्पताल 'ध्वस्त'
सम्बन्धित पाेष्टहरु