The news from New Generation with new vision.

आज सोमबार, निकै राम्रो छ यी ७ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग
मिति २०७६ साल भदौ २ गते सोमबार, इस २०१९ अगस्ट १९, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, चतुर्थी, २४ः१० उप्रान्त पञ्चमी तिथि काठमाडौंमा सूर्योदय– ५ः३६ बजे, सूर्यास्त– १८ः३७ बजे र दिनमान ३२ घडी १ पला।

मेष
योजना अनुसारको काम गर्न सकिने छैन । कामको विचमा अलमल बढि हुनेछ । पठन पाठन कार्यमा अवरोध आउन सक्छ । समस्याको भूमरीबाट उम्किन ठुलै प्रयत्न गर्नु पर्नेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । नोकरी र राजनीतिबाट खासै उपलब्धि हात लाग्ने छैन । आर्थिक विषय बस्तुले बढि पिरोल्ने छ ।

वृष
कार्य लगनशिलता घट्नेछ शारीकि शिथिलता बढ्नेछ । सुख,शान्तिमा कमि आउनेछ । इच्छा विपरित काम हुदा तनाव बढ्नेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

मिथुन
उद्योग पराक्रम बढ्नेछ। आफ्नै पहलमा पुराना समस्या समाधान हुनेछन्। नयाँ काम हात पार्नको लागि ठुलै कसरत हुनेछ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ। उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ। आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन्। साझेदारी काम नगर्नु होला।

कर्कट
कुराले ठीक्क पार्ने धेरै हुनेछन् तर वास्तविक सहयोग गर्ने कोहि हुने छैनन। अस्थिरताले आफुलाई कमजोर बनाउनेछ धैर्यता नतोड्नु होला। आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यवसायमा लगानी नबढाउनु होला । कामबाट सामान्य लाभ होला । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । यत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

सिंह
गलत चिन्तनको अवसान हुनेछ। कार्य लगनशिलता र पारदर्शिता बढ्नेछ । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिनको लागि निम्तो पत्र आउनेछ। लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । चुनौति सामना गर्ने सामथ्र्यता बढ्नेछ। आफन्तबाट सहयोग मिल्नेछ।

यो पनि पढ्नुहोस् :   आज शुक्रबार, निकै राम्रो छ यी ९ राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

कन्या
विना उपलब्धिका काममा समय र धन लगानी हुनेछ। अनावस्यक विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ। आवेगमा आएर कुनै निणर्य नगर्नु होला क्षति धेरै हुनसक्छ। व्यर्थको घुमाई फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला । विश्वास पात्रबाट धोका हुनेछ।

तुला
आफ्ना समस्या आफै भित्रबाट समाधान खोज्नु होला । अरुको शरणमा गएर केहि मिल्ने छैन । आफन्तबाट सामान्य सहयोग मिल्नेछ। आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । गरेका काम उदारणीय हुनेछन् । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ ।

वृश्चिक
गतिरोध हट्नेछ । पुराना समस्या समाधान हुनेछन् । भाग्यले साथ दिनेछ कर्म गर्न पछि नपर्नु होला । कुरा सुन्नु अरुको काम गर्नु मनको भन्ने कुरालाई स्मरण गर्नु होला। आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीति गतिविधि बढ्ने छन् । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ। सामाजिक उत्तरदायित्व बढ्नेछ।

धनु
समयले पूर्ण साथ दिने छैन तर सुधारोन्मुख देखिन्छ । मानसिक तनावमा थोरै कमि आउनेछ । अरुको काममा समय बढि दिदा उपलब्धिका आफ्ना काम ओझेलमा पर्ने छन् । सकरात्मक सोचको विकाश हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहनेछ । आर्थिक कारोवारमा सचेत रहनुहोला।

मकर
समयले साथ दिने छैन। आशा भरोसा निरासामा परिणत हुने देखिन्छ। दैनिक काम काजमा अवरोध आउनेछ। काम गर्ने जोश जागर घट्नेछ। परिवारमा मनमुटाव बढ्न सक्छ। व्यापार व्यवसायमा मन्दि आउनेछ। अहार विहारका कारण स्वास्थ्य कमजोर हुनेछ। अरुको विश्वास र भरोसामा काम गर्दा धोका खाईनेछ। चिन्ताले छोड्ने छैन।

कुम्भ
ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ समयको सदुपयोग गर्नु होला। थोरै प्रयत्न गर्नु भयो भने सपनाहरु सकार पार्न सकिनेछ । स्वव्यवसायबाट आय आर्जन थोरै बढ्नेछ। साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न। दामपत्य जीवनमा सुखानुभूति हुनेछ।

यो पनि पढ्नुहोस् :   यौन दुर्व्यवहारको आरोपमा परेका पूर्वसभासद घिसिङ ५ हजार धरौटीमा रिहा

मीन
मान्छे चिनेर व्यवहार गर्नु नत्र पछि दुःख पाईनेछ । साना साना भन्दा साना काम सफल गर्न ठुलै मेहनत गर्नु पर्नेछ । कार्य गोपनियता आवस्यक देखिन्छ । मनलाई नियन्त्रण गरेर कर्म क्षेत्रमा प्रवेश गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउने देखिन्छ । इज्जतको ख्याल राख्नु होला । अन्तिममा परिश्रमको प्रतिफल मिल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु