The news from New Generation with new vision.

मलेसियामा पेट्रोल बम विस्फोट हुँदा १ नेपाली घाइते

21

काठमाडौं । मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन्।

तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन्।

मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन।

समाचार अनुसार, उनको हात र शरीरको पछाडिको भाग करिब १० प्रतिशत जलेको छ। उनलाई त्यही पुगेर स्वास्थ्यकर्मीले उपचार गरेका छन्। विस्फोटबाट गार्ड पोस्टको एउटा भागमा क्षति पुगेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   चितवनका ईश्वर रिजालद्वारा एनआरएनए पोर्चुगलको निर्वाचनमा अध्यक्षमा उठ्ने घोषणा
सम्बन्धित पाेष्टहरु