The news from New Generation with new vision.

पार्टीभित्रै ओलीको विरोध, महेश बस्नेत भन्छन्, अब बामदेवलाई प्रधानमन्त्री बनाउँछौँ (भिडियो)

240

काठमाण्डौ । प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री छन् । नेकपा एक्लैको बहुमत छ । त्यसैले नेकपाकै अध्यक्ष प्रधानमन्त्री हुँदा पाँच वर्षसम्म कसैले हटाउन सक्दैन । तर विडम्बना नेकपाभित्रैबाट कहिले को त कहिले को प्रधानमन्त्री बन्ने चर्चा चल्छ ।

पार्टी एकता हुँदा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको कुरा सेलाएको छैन ।

अहिले फेरी नेकपाका ओली निकट नेता महेश बस्नेतले ओलीपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाइने दावी गरेका छन् ।

यसअघि शीर्ष नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र दाहाल प्रधानमन्त्री बनिसकेकाले अब गौतमलाई प्रधानमन्त्री बनाईने बस्नेतको तर्क छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान
सम्बन्धित पाेष्टहरु