The news from New Generation with new vision.

साबित्रा चिलुवालको चलचित्र ‘मखमली मखमली’को टिमले गर्यो स्नेही काखलाई सहयोग

29

काठमाडौं । पदर्शनको तयारीमा रहेको चलचित्र मखमली मखमली निर्माण समूहले विशेष प्रदर्शन गरी सडक तथा अनाथ बालबालिकाको उद्धार र उत्थानमा सक्रिय सामाजिक संस्था स्नेही काखलाई नगद सहयोग गरेको छ।

ललितपुरको ग्वार्को स्थित गुण सिनेमा भवनमा विशेष प्रदर्शनी, कलाकार सम्मान र आर्थिक सहयोगको कार्यक्रम गरिएको हो।

गीतकार तथा संगीतकार हुँदै निर्मात्री बनेकी साबित्रा चिलुवालको निर्माणमा बनेको यस चलचित्रमा चलचित्रमा जय किशन बस्नेत, माया तामाङ, सारदा गिरी (काली बुढी), लक्ष्मण बिक्रम बस्नेत, सबिन बास्तोला, सुदर्शन आचार्य, सावित्रा चिलुवाल, कुशलव केही, रामजी राउतलगायतका कलाकारले अभिनय गरेका छन्।

सामाजिक घटनालाई यथार्थपरक तरिकाले बनाईएको यस चलचित्रको निर्देशन जुझारु निर्देशक राजु गिरीले गरेका हुन् भने चलचित्रमा शारदा गिरी (कालीबुढी)को साथमा सुदर्शन आचार्य लगायतको पनि दमदार अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सन्नी लियोनी ११ सेप्टेम्बरमा नेपाल आउँदै 
सम्बन्धित पाेष्टहरु