The news from New Generation with new vision.

को हुन् रिमा विश्वकर्माको नसाउलु आँखामा डुब्दै जाने यी व्यक्ति ? (भिडियो)

‘तिम्रो त्यो नसालु’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष कालिकोटेको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा एरेन्ज भने रिकेश गुरुङको सुन्न सकिन्छ । गायक कालिकोटेको यसअघि ‘छटपटि’ ‘गुन्द्रुक मिठो’, जालैमा जालैमा लगायतका गीतहरु चर्चित रहेका थिए ।

रोमान्टिक शैलीमा बनेको गीतलाई निशान घिमिरे कस्यपले निर्देशन गरेका हुन्। जहाँ जय रसाइली र रिमा बिस्वकर्मा फ़िचर्ड छन् । जहाँ दुईको क्यामेस्ट्री रोमान्टिक देखिएको छ।

गोदावरी आसपासका स्थानमा खिचिएको गीतमा समरा जोसीको मेकअप,बुद्ध थापाको छायाँकन र बिकास दाहालको सम्पादन देख्न सकिन्छ।  गीतलाई निर्माण भने लक्ष्मी रसाइली र ललिता श्रेष्ठले गरेका हुन्।

यो पनि पढ्नुहोस् :   प्रहरी जवान श्रेष्ठले दिइन् गायिका आस्था राउतविरुद्ध उजुरी
सम्बन्धित पाेष्टहरु