The news from New Generation with new vision.

बालिका र किशोरको हत्या आरोपमा ७ जना पक्राउ

बैतडी । एक बालिका र एक किशोरको हत्या गरेको आरोपमा बैतडी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

गत असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ बर्षीय बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका ४ का खगेन्द्रराम महरलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो।

दोगडाकेदार गाउँपालिका २ मल्लाढीक घर भएकी कलावती बुवा खडक सार्कीसंगै दशरथचन्द नगरपालिका ४ बमरोडामा बस्दै आएकी थिइन्। कलावतीको शव साउन ८ गते उनी अध्ययनरत विद्यालय शिव आधारभूत विद्यालय नजिकैको खोल्सामा खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो।

कलावतीका बुवा खडक सार्कीले कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरीको आधारमा महरलाई पक्राउ गरी अनुसन्धान शुरु भएको प्रहरी प्रवक्ता पातलीको भनाई रहेको छ। आरोपित महरलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

सम्बन्धित पाेष्टहरु