The news from New Generation with new vision.

साउन २ गतेदेखि रोकिराखेको बसमा कुहिएको अवस्थामा युवकको शव फेला

279

बुटवल । बुटवलको बसपार्कमा रोकिराखेको बसको छतमा एक युवक मृत अवस्थामा भेटिएका छन्। गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय दीपक थापा बसको छतमा मृत अवस्थामा भेटिएका हुन्।

लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो। गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी भीमलाल भट्टराईले बताए।

शव कुहिएको अवस्थामा फेला परेको र हत्या या मृत्यु भएको हो अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   होटलमा सुतेका एक युवा मृत फेला
सम्बन्धित पाेष्टहरु