The news from New Generation with new vision.

बाजुरामा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको मृत्यु, ५ घाइते

बाजुरा । बाजुराको गौमुल गाउँपालिका –६ शान्ति टोलमा बिहीबार राति पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको ज्यान गएको छ।

पहिरोमा परेर अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा परेर ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको ज्यान गएको हो।

अन्य ५जना घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएको र अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   पूर्वसभामुख महरालाई ५ दिन थुनामा राख्न आदेश
सम्बन्धित पाेष्टहरु