The news from New Generation with new vision.

विश्व बाघ दिवस: चार वर्षमै पश्चिम नेपालमा बाघको सङ्ख्या दोबर

घाँसे मैदान, पानी र वासस्थानको व्यवस्थापन गरेपछि पछिल्ला वर्षहरूमा बाघको सङ्ख्या बढ्दै गएको पश्चिम नेपालका दुई राष्ट्रिय निकुञ्जहरूले जनाएका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज र आसपासका वन क्षेत्रमा सन् २०१४ मा ५० वटा बाघ रहेकोमा सन् २०१८ मा यो संख्या वृद्धि भएर ८७ पुगेको छ।

त्यस्तै बाँके राष्ट्रिय निकुञ्जमा पनि सन् २०१३ मा चारवटा मात्र बाघ रहेकामा सन् २०१८ मा यो संख्या बढेर २१ पुगेको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल भन्छन्: “बाघका लागि आहारा र बस्ने ठाउँको व्यवस्थापनसँगै चोरी सिकार नियन्त्रणमा आएकाले बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।”

बाघलाई जोखिम

यसअघि निकुञ्जमा वन्यजन्तुका लागि सबैभन्दा बढी खानेपानीको समस्या थियो। सुक्खा क्षेत्र भएकाले निकुन्जभित्र पानीको मुहान भेट्न सजिलो थिएन। पानीका लागि बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु कर्णाली र बबई नदी तथा बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु राप्ती नदी किनारमा जाने गर्थे।

सन् २०१८ को अध्ययन प्रतिवेदन अनुसार नेपालमा बाघको सङ्ख्या दुई सय ३५ रहेको छ। बराल भन्छन्: “सबैभन्दा बढी ९३ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा भए पनि वृद्धिका दरले बाँके र बर्दिया अगाडि रहेका छन्।”

नेपालमा बाघ २३५

९३ चितवन राष्ट्रिय निकुञ्ज

८७ बर्दिया राष्ट्रिय निकुञ्ज

२१ बाँके राष्ट्रिय निकुञ्ज

१८ पर्सा राष्ट्रिय निकुञ्ज

१६ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

स्टाटस अफ टाइगर्स एण्ड प्रे इन नेपाल २०१८

चितवनमा यसअघि बाघको संख्या एक सय २० रहेकोमा सन् २०१८ को गणनामा संख्या घटेर ९३ मा झरेको उनले बताए। तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नौ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।

बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु सडक दुर्घटनामा पर्ने जोखिम रहेको निकुञ्जले जनाएको छ। निकुञ्ज क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग ७२ किलोमिटर र कोहलपुर-बबई रत्न राजमार्गको ३० किलोमिटर छ। बीबीसी

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   निलम्बित कांग्रेस सांसद आलमलाई पाँचदिन थुनामा राख्‍न अनुमति
सम्बन्धित पाेष्टहरु