The news from New Generation with new vision.

पश्चिमाञ्चल विकास मञ्चको १४औं साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः ढकाल

54

काठमाडौँ । पश्चिमाञ्चल विकास मञ्चको १४औं साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले पुनः चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

काठमाडौँको एक होटलमा भएको साधारणसभाबाट मञ्चको उपाध्यक्षत्रयमा ज्ञानेन्द्रविक्रम महत, मदनकुमार महत र शोभाकर न्यौपाने निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा यादव भट्टराई, सचिवमा नारायण तिम्सिना, कोषाध्यक्षमा योगराज कँडेल शर्मा र सह-कोषाध्यक्षमा रामजीप्रसाद बराल निर्वाचित भएका छन्।

मञ्चको कार्यसमिति सदस्यहरूमा रुद्रनाथ बस्याल, डा. विमला शाक्य, इ. विष्णुबहादुर सिंह, दिग्विजय मिश्र, गौबहादुर आले, विष्णुहरि पाण्डे, मायाकुमारी ढकाल (पौडेल), श्रीराम पौडेल, चिन्तामणि न्यौपाने, नवराज पन्त, लालबहादुर भुजेल, दन्डपाणि सुवेदी, कर्म गुरुङ, सुदर्शन पौडेल, शरदचन्द्र पौडेल र शालिकराम सापकोटा निर्वाचित भएका छन्।

 

डा. गणेश गुरुङ मुख्य निर्वाचन अधिकृत, आत्माराम पाण्डे र काशीराज आचार्यको तीन सदस्यीय निर्वाचन समितिले निर्विरोध निर्वाचित गरेका नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई निर्वाचन अधिकृत आत्माराम पाण्डेले प्रमाणपत्र प्रदान गरेका थिए।

मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रथम सत्रमा मदनकुमार महत र योगराज कँडेल शर्माबाट क्रमशः महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने गौबहादुर आलेले विधान संशोधन मस्यौदा प्रस्तुत गरेका थिए। यादव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सभामा अध्यक्ष चन्द्रप्रसाद ढकाल, निवर्तमान अध्यक्ष रामकाजी कोने, उपाध्यक्ष ज्ञानेन्द्रविक्रम महतलगायतले मन्तव्य राखेका थिए।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   रवि लामिछाने र अपिल त्रिपाठीबीच भेटवार्ताः के भयो कुराकानी
सम्बन्धित पाेष्टहरु